कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु, ३४०३ संक्रमित थपिए

२ भदौ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । मृतकको यो संख्या १० दिनयताकै उच्च हो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ पुगेको छ । पछिल्लो पटक ३४ सयभन्दा धेरै संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ८ सय ३८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३४ सय ३ जनामा संक्रमण पाइएको हो ।
काठमाडौं उपत्यकामा ९ सय ९३ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ७ सय ११, ललितपुरमा १ सय ६० र भक्तपुरमा १ सय २२ जना छन् ।
यस्तै कास्कीमा ३ सय १५ तथा झापामा १ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक २ हजार १ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ पुगेको छ । ७ सय ७० संक्रमितको आइसीयु र १ सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया