एमाले औपचारिक रुपमै विभाजित, नेपाल समूहद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

२ भदौ २०७८ काठमाडौं । लामो विवाद र रस्साकस्सीपछि नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ ।
दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश आएपछि नयाँ दल दर्ताका लागि एमालेको नेपाल खनाल समूह निर्वाचन आयोगमा निवेदन दिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल आफै नयाँ दलको नेतृत्व गर्दै निर्वाचन आयोग जानुभएको हो । नेपालको संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिइएको नेताहरुले बताएका छन ।
तर लामो समयदेखि यो समूहमा रहेका दोस्रो तहका नेता नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।
दोस्रो तहका धेरै जसो नेताले भने नयाँ दल दर्तामा साथ दिएका छैनन । दोस्रो तहका बेदुराम भुसाल र मुकुन्द न्यौपाने मात्रै नयाँ दलमा हुनुहुन्छ । केन्द्रीय कमिटीमा पहिले साथ दिएका पनि नयाँ दलमा छैनन ।
पहिले नेपाल खनाल समूहमा रहेर नयाँ दलमा नगएकाले छुट्टै समूह बनाउने तयारी गरेका छन् ।
प्रतिक्रिया