Main News
एमालेले गरेको कारबाहीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल समूह संसद सचिवालयमा
२०७८ भदौ २ गते १५:०७

२ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल खनाल पक्ष संसद सचिवालय गएको छ ।
अनौपचारिक बैठकपछि केही सांसद निवेदन लिएर कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको संसद सचिवालय पुगेका हुन् ।
कारवाही अवैध भएकाले कुनै कारवाही नगर्ने व्यवस्था मिलाउन नेपाल–खनाल समूहले माग गरेको छ । यसको जानकारी निर्वाचन आयोगलाई पनि गराइने एक नेताले जानकारी दिएका छन् ।
एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो । ह्वीप उल्लंघन गरेको भन्दै एमालेले उनीहरुलाई कारवाही गरेको थियो ।
प्रतिक्रिया