Main News

आज पनि केही प्रदेशमा वर्षा जारी रहने

हिमालय टिभी
२०७८ भदौ २ गते ८:५५
आज पनि केही प्रदेशमा वर्षा जारी रहने

२ भदौ २०७८ काठमाडौं । आज पनि देशका विभिन्न भागमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको छ ।

बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *