Main News
अध्यादेश रोक्न राष्ट्रपति गुहार्दै एमाले संस्थापन (भिडियो रिपोर्टसहित)
२०७८ भदौ १ गते १९:३२

१ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले अध्यादेशमार्फत पार्टी फुटाउने प्रयास राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत रोक्ने प्रयास गर्ने संकेत गरेको छ ।
एमालेको संस्थापन पक्षप्रति सधैं झुकाव राख्दै सहयोग गर्दै आएकी राष्ट्रपति भण्डारीले त्यसमा दबाब दिने तयारी गरेको हो । तर त्यसका लागि उसले विगतमा दलहरु र नागरिक समाजले खेलेको भूमिकालाई आधार बनाउने कोशिस गरेको छ ।
एमाले कानून विभाग प्रमुख अग्नि खरेलले सरकारले ल्याएको अध्यादेशबारे राष्ट्रपति भण्डारीले दलहरुसित छलफल गर्नुपर्ने बताउनुभयो ।
हिजो ओली सरकारले अध्यादेश ल्याउँदा स्वीकृत गरेकै कारण आलोचना भएकाले यसपटक राष्ट्रपतिले छलफल गर्नुपर्ने खरेलको तर्क छ ।
प्रतिक्रिया