Main News
सांसदबाट हटाउने निर्णयमा नेपाल-खनाल समूहलको आपत्ति (भिडियो रिपोर्टसहित)
२०७८ भदौ १ गते १९:२८
१ भदौ २०७८ काठमाडौं । आफूहरुलाई सांसदबाट हटाउने नेकपा एमाले संस्थापन पक्षको निर्णयप्रति नेपाल खनाल समूहले भने कडा आपत्ति जनाएको छ ।
यो समूहले कारवाहीलाई औचित्यहीन भएको बताएको छ । समूहगत छलफलपछि पत्रकारसित कुरा गर्दै एमाले सांसद रामकुमारी झाँक्रीले कारवाहीको कुनै अर्थ नभएको बताउनुभयो ।
यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि कारवाहीको कुनै औचित्य नभएको बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीकै कारण विभाजनको अवस्था आएको बताउनुभयो ।
प्रतिक्रिया