Main News

प्रदेश २ को प्रमुखमा मिश्र नियुक्त, राष्ट्रपतिबाट शपथ

हिमालय टिभी
२०७८ भदौ १ गते १७:४५
प्रदेश २ को प्रमुखमा मिश्र नियुक्त, राष्ट्रपतिबाट शपथ

१ भदौ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ को प्रमुखमा हरिशङ्कर मिश्रलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम महोत्तरीका मिश्रलाई प्रदेश नं २ को प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राष्ट्रपति भण्डारीले आजै नेपाल सरकार, मन्त्रिपरिषद्को गत साउन ३२ गते बसेको बैठकको निर्णय एवं प्रधानमन्त्री देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं २ का प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको प्रवक्ता पन्तद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *