Main News

दल विभाजनसम्बन्धी अध्यादेशको नेपाल–खनाल समूहमै विरोध

हिमालय टिभी
२०७८ भदौ १ गते १६:५३
दल विभाजनसम्बन्धी अध्यादेशको नेपाल–खनाल समूहमै विरोध

१ भदौ २०७८ काठमाडौं । दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति एमालेको नेपाल–खनाल समूहकै कतिपय सांसदले विरोध गरेका छन् ।

सांसदसमेत रहेका एमाले सचिव गोकर्ण विष्टले लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरीत दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरिएको भन्दै यसलाई प्रतिगामी कदम भन्नुभएको छ ।

सचिव विष्टले सामाजिक संजालमा स्टाटस लेखेर यस्तो अध्यादेशले अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढंगले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने पनि उल्लेख गर्नुभएको छ ।

यस्ता कामले मुलुकमा राजनीतिक अस्थिरताका साथै दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्ने पनि विष्टले उल्लेख गर्नुभएको छ ।

त्यस्तै नेपाल–खनाल समूहमा रहेका सांसद दीपकप्रकाश भट्टले राजनीतिक दल सम्बन्धी अध्यादेशले दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पार्ने भन्दै यसले लोकतान्त्रिक व्यवस्था नै कमजोर पार्ने बताउनुभएको छ ।

सांसद भट्ट अध्यादेश जारी गर्ने निर्णयपछि बानेश्वरमा भएको नेपालखनाल समूहको भेलामा भने सहभागी हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *