Main News
आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
२०७८ भदौ १ गते ९:१३

१ भदौ २०७८ काठमाडौं । आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।
राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुँदा अरु धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया