अफगानिस्तानबाट नेपालले के सिक्ने ? संसदमा उठ्यो यस्ता प्रश्न, एमसीसी पास गर्न नहुनेमा जोड (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । अफगानिस्तानमा तालिबानको कब्जासँगै नेपालले त्यहाँबाट के सिक्ने र के गर्ने संसदमा प्रश्न उठेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अफगानिस्तानमा भएको पछिल्लो सत्ता परिवर्तनका बारेमा सरकारको धारणा समेत मागेको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद गोकुल प्रसाद बाँस्कोटाले अफगानिस्तानमा क्रान्ति भएको हो कि प्रतिक्रान्ति भनेर सरकारलाई सोध्नुभयो ।
एमाले सांसद एवम पूर्व मन्त्री बास्कोटाले सार्कका अध्यक्ष राष्ट्रका हैसियतले पनि नेपालले अफगानिस्तानबारे आफ्नो दृष्टिकोण राख्नुपर्नेमा जोड दिनुभयो ।
एमालेकै अर्का सांसद यज्ञराज सुनुवारले जनताले साथ नदिएमा विदेशीको आडमा टिक्न सकिन्न भन्ने अफगानिस्तानमा पुष्टि भएको भन्दै त्यसबाट सिक्नुपर्ने बताउनुभयो ।
सांसद सुनुवारले अमेरिकाको भूमिकाप्रति गम्भीर शंका व्यक्त गर्दै अफगानिस्तानबाट सिकेर एमसीसी पारित गर्न नहुने धारणा समेत व्यक्त गर्नुभयो ।
सन् २००१ मा सेना सहित अफगानिस्तान पसेको अमेरिका असफल भएर फर्केको छ । अमेरिकाले पूर्ण रुपमा फर्कि नसक्दै तालिवानले कब्जा गरेको छ ।
प्रतिक्रिया