Main News

सर्वोच्चले यादव पक्षलाई दियो जसपा आधिकारिकताको मान्यता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते १९:१३
सर्वोच्चले यादव पक्षलाई दियो जसपा आधिकारिकताको मान्यता (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको छ ।

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आयोगले गत साउन ११ गते यादव पक्षलाई आधिकारिकता दिएको थियो । आयोगले सनाखत गर्दा ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र यादव पक्षलाई समर्थन गरेका थिए । ठाकुर पक्षमा १६ जना मात्रै उभिएका थिए ।

ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गर्दै आयोगको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेशको माग गर्नुभएको थियो ।

तर इजलासले निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *