आफगानिस्तानमा रहेका नेपालीको उद्धारमा बेलैमा ध्यान नदिएको भन्दै सरकारको आलोचना (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । अफगानिस्तानबाट नेपाली नागरिकको उद्धारका लागि बेलैमा ध्यान नदिएको भन्दै सांसदले सरकारको आलोचना गरेका छन् ।
स्थिति बिग्रने थाहा हुँदाहुँदै सरकार उदासीन भएको उनीहरुको आरोप छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले छिटो नेपाली नागरिकको उद्धार गर्न माग गरेका छन् ।
नेकपा एमालेका सांसद मोहन बानियाँले संसदीय समितिले दबाब दिएपछि मात्रै सरकार तातेको टिप्पणी गर्नुभयो । बानियाँले अफगानिस्तानमा कति नेपाली छन् भनेर समेत सरकारलाई सोध्नुभयो ।
एमालेकै सांसद विमला विकले सरकारले औपचारिकता मात्रै निभाउन खोजेको भन्दै छिटो जहाज पठाएर नागरिकको उद्धार गर्न माग गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद भरत शाहले नेपाली नागरिक फिर्ता ल्याउने निर्णय छिटो कार्यान्वयन गर्न र जहाज पठाउन माग गर्नुभयो ।
अमेरिकाले छोडेपछि तालिबान आक्रामक हुँदै गएको थाहा पाउँदा पाउँदै पनि नेपाल सरकारले ध्यान नदिएको सांसदको आरोप छ । सरकारले नागरिक फिर्ता ल्याउने निर्णय त गरेको छ तर त्यहाँ कति नेपाली छन भन्ने यकिन छैन ।
प्रतिक्रिया