Main News

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ३४५१ संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते १७:१८
कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ३४५१ संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ३५ जनाको मृत्यु भएको छ । गम्भीर अवस्थाका संक्रमितको संख्या बढेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार पछिल्लो पटक ३४ सय ५१ संक्रमित थपिएका छन् । नयाँ संक्रमितको संख्या केहीदिनयता स्थिर जस्तो देखिएपनि गम्भीर हुनेको संख्या भने निकै बढेको छ ।

७ सय ९५ संक्रमितको आइसीयु र १ सय ९७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । ति मध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् ।

थपिएका संक्रमित मध्ये पनि उपत्यकाका तीन जिल्लामा मात्रै झण्डै एक हजार जना छन् । काठमाडौंमा ६ सय ७७, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १ सय १७ नयाँ संक्रमित पहिचान भएका छन् ।

उपत्यकावाहिर झापामा संक्रमण उच्च छ । त्यहाँ ३ सय ३२ संक्रमित थपिएका छन् । यस्तै चितवनमा २ सय ५, कास्कीमा १ सय ८३, सुनसरीमा १ सय १२, मोरङमा ८६, काभ्रेमा ७७ र नुवाकोटमा ७२ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक २४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *