Main News

कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै हितेन्द्र देव शाक्य सर्वोच्चमा ( भिडियो र रिट निवेदनसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते १६:३६
कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै हितेन्द्र देव शाक्य सर्वोच्चमा ( भिडियो र  रिट निवेदनसहित)

३२ साउन २०७८ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले गैरकानूनी तरिकाले कार्यकारी निर्देशकबाट हटाएर घिसिङलाई नियुक्त गरेको भन्दै रिट दायर गर्नुभएको हो ।

शाक्यले घिसिङको नियुक्ति बदर गरी आफूलाई नै कार्यकारी निर्देशकमा कायम राख्नु पर्ने माग गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाउनु भएको छ।

सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरेको थियो । तर शाक्यले रिट निवेदनमा आफूलाई गरैकानूनी रुपमा सरुवा गरिएको पनि दावी गर्नुभएको छ ।

पोहोर भदौमा घिसिङको कार्यकाल सकिएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले शाक्यलाई प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तर शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बने लगत्तै प्राधिकरणमा घिसिङलाई नियुक्त गरिएको थियो ।

पहिलो कार्यकालमा लोडसेडिङ्ग अन्त्य गरेका कारण नागरिकस्तरबाटै घिसिङ्गलाई कार्यकारी निर्देशकमा निरन्तरता दिन पोहोर नै सरकारमाथि दबाब थियो ।

यस्तो छ हितेन्द्रको रिट निवेदनको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *