Main News
करोडौं अनियमितता भएको आशंकामा नारायणी अस्पतालको फार्मेसीमा अख्तियारको छापा (भिडियो रिपोर्टसहित)
२०७८ साउन ३२ गते १५:१७

३२ साउन २०७८ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालको फार्मेसीमा छापा मारेको छ ।
अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढी हिनामिना भएको सूचनाका आधारमा आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।
अस्पतालले चार वर्षअघि २० लाख रुपैयाँ बीउ पूँजी राखेर फार्मेसी शुरु गरेको थियो । अहिले आपूर्तिकर्ताको १ करोड ५१ लाख रुपैयाँ तिर्न बाँकी छ ।
अस्पतालमा त्यो रकम बराबरको औषधि मौज्दात छैन । फार्मेसीमा भएको औषधिको मूल्यांकन ३० लाख रुपैयाँ मात्र भएको छ ।
त्यसैले अनुसन्धानाका लागि अख्तियारले फार्मेसीका बसै कागजपत्र नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया