Main News

अफगानिस्तानमा रहेको नेपालीको उद्धारमा सरकार गम्भीर भएर लागेको प्रधानमन्त्रीको दाबी

हिमालय टिभी
२०७८ साउन ३२ गते १४:०९
अफगानिस्तानमा रहेको नेपालीको उद्धारमा सरकार गम्भीर भएर लागेको प्रधानमन्त्रीको दाबी

३२ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रधानमन्त्री देउवाले अफगानिस्तानमा रहेका नेपालीको स्थिति बुझ्न आग्रह गरिएको जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री देउवाले अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको पनि बताउनुभएको छ ।

सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने उल्लेख गर्नुभएको छ ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएसँगै विदेशी नागरिकहरु आ(आफ्नो देश फर्किन आतुर छन् । केही देशले आफ्ना नागरिकको आपतकालिन उद्धार गरिरहेका छन् ।

नेपाल सरकारले पनि अफगानिस्तानमा कार्यरत नेपाली ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *