Main News

अनेरास्ववियू (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलन असोजमा हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३१ गते १८:१२
अनेरास्ववियू (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलन असोजमा हुने (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ काठमाडौं । सत्तारुढ नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन असोज ८ देखि १० गतेसम्म हुने भएको छ ।

पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु क्रान्तिकारीले २२ औँ राष्ट्रिय सम्मेलनबारे जानकारी दिएको हो ।

यो राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, नयाँ नेतृत्व निर्वाचित गर्ने, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतको दावी छ । रष्ट्रिय सम्मेलनमा ७ सय ९९ मात्रै प्रतिनिधि हुनेछन ।

राष्ट्रिय सम्मेलनका लागि असोज १ गतेसम्म मातहतका कमिटीको भेल्ला सम्मेलन सम्पन्न भैसक्नेछन ।

अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औँ राष्ट्रिय सम्मेलन भन्ने प्रमुख नारा बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *