संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नु पर्ने निष्कर्ष (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ काठमाडौं । संसदीय समितिले सिंहदरबारमा निर्माणाधिन संघीय संसद भवनका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारीले निर्माणाधिन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका हुन ।
स्थलगत अवलोकनपछि समिति सभापति कल्याणी खड्काले सरकारले यो भवनको निर्माण कार्य समयमै सम्पन्न हुने गरी बजेटको पर्याप्त व्यवस्था गर्नुपर्ने देखिएको बताउनुभयो ।
अवलोकनमा पुगेका सहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहले कोरोना महामारीका कारण अपेक्षा अनुसार निर्माण कार्यले गति लिन नसकेको बताउनुभयो ।
निर्माणस्थल परिसरमा बन्ने १२ वटा ब्लकमध्ये ११ वटा ब्लक निर्माणको काम भईरहेको छ। भ्याटबाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा यी भवन निर्माण सक्ने लक्ष्य छ ।
प्रतिक्रिया