Main News

गोर्खा सैनिकको समान सुविधाका लागि पहल गर्न एमालेको माग

हिमालय टिभी
२०७८ साउन ३१ गते १५:४५
गोर्खा सैनिकको समान सुविधाका लागि पहल गर्न एमालेको माग

३१ साउन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आन्दोलनरत भूतपूर्व गोर्खा सैनिकका समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर भूतपूर्व गोर्खा सैनिकका समस्याबारे सरकारको ध्यानाकर्षण गर्नुभएको हो ।

आफ्नो सरकार हुँदा औपचारिक रूपमै गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धिको पुनरावलोकन गर्ने प्रस्ताव राखेको र गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको स्मरण गर्दै समानताको सिद्धान्तलाई आधार मानेर समस्या समाधानको पहल गर्न एमालेले सरकारसँग माग गरेको छ ।

एमालेले बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकको समानताको आवाज स्वाभाविक, जायज र मानवीय रहेको जनाएको छ । समानताको माग गर्दै भूतपूर्व गोर्खा सैनिक बेलायमा आमरण अनशनमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *