Main News

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय रहने

हिमालय टिभी
२०७८ साउन ३१ गते ९:१४
आजदेखि तीन दिन देशभर मनसुन सक्रिय रहने

३१ साउन २०७८ काठमाडौं । आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीले तीन दिन अधिकांश स्थानमा वर्षा हुने जानकारी दिनुभयो । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने उहाँले बताउनुभयो ।

बिहान साढे ५ बजे महाशाखाले निकालेको सूचनामा बर्दियास्थित बबई नदीको चेपाङ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले बबईको तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा रहेकालाई दिउँसोसम्मै सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *