Main News
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै
२०७८ साउन ३१ गते ९:०१
३१ साउन २०७८ काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिबैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ ।
हिजोदेखि शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावमा आज समूहगत छलफल गरिने नेता रेखा शर्माले जानकारी दिनुभयो ।
प्रचण्डको प्रस्तावमा वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने भनिएको छ भने आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने उल्लेख छ ।
यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशभर पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने पनि प्रस्तावमा उल्लेख छ ।
मङ्सिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ ।
प्रतिक्रिया