राजनीति

कांग्रेसको १४औं महाधिवेशन साढे तीन महिना पछि सर्‍यो, मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३० गते १९:२१
कांग्रेसको १४औं महाधिवेशन साढे तीन महिना पछि सर्‍यो, मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय (भिडियो रिपोर्टसहित)

३० साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशन साढे तीन महिनापछि सरेको छ ।

आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले भदौ १४ गते हुने भनिएको महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतसम्म हुने छ । यस्तै प्रदेशको अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म गरिने छ ।

यसैगरी जिल्ला अधिवेशन भने असोज १० गते गर्ने गरी मिति तय गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १ गते र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते हुने छ ।

गाउँ तथा नगर अधिवेशन भने भदौ २७ गते गरिने छ । वडा अधिवेशन भदौ १७ गते गर्ने कांग्रेसले जनाएको छ । भदौ २ गतेसम्ममा क्रियाशील सदस्यको नामावली तयार गरिने छ भने भदौ २ गते नै निर्वाचन निर्देशिका पेश हुने छ ।

भदौ १६ पार्टीको १४ औं महाधिवेशन हुन नसक्ने भए पछि केन्द्रिय कार्यसमितिले मंसिरमा महाधिशेन गर्ने निर्णय गरेको हो ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्