राजनीति

एकताका लागि अझै प्रयास गर्ने सम्भव नभए नयाँ पार्टी बनाउने नेता नेपालको घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३० गते १८:२५
एकताका लागि अझै प्रयास गर्ने सम्भव नभए नयाँ पार्टी बनाउने नेता नेपालको घोषणा (भिडियो रिपोर्टसहित)

३० साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताका लागि अझै प्रयास गर्ने तर संभव नभए नयाँ पार्टी बनाउने बताउनुभएको छ ।

एकताका लागि आफूहरु अन्तिम पर्खाइमा भन्दै नेता नेपालले सबै ढोका बन्द गरिए पार्टी पुनर्गठन हुने बताउनुभयो । समानान्तर रुपमा बागमती प्रदेश सम्पर्क कमिटी घोषणा गर्न काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले एकताका लागि अध्यक्ष ओलीले गरेका गलत निर्णय फिर्ता लिएर सहमतिका आधारमा चल्ने वातावरण बन्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता नेपालले आफूहरु तत्काल सरकारमा सहभागी नहुने पनि बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालाई यसबारे जानकारी गराउँदै मन्त्रिपरिषद विस्तार गर्न आफुले भनेको उहाँले उल्लेख गर्नुभयो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले प्रधानमन्त्री देउवालाई विश्वास मत दिएको भन्दै नेता नेपालले तत्काल चुनाव नभएकाले नयाँ रणनीति बनाउन अहिले कुनै हतार नभएको समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्