Main News

नेपालमा करोडौं ठगी गरेर पोर्चुगल पुगेका काभ्रेका ढुंगाना पक्राउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३० गते १६:५८
नेपालमा करोडौं ठगी गरेर पोर्चुगल पुगेका काभ्रेका ढुंगाना पक्राउ (भिडियो रिपोर्टसहित)

३० साउन २०७८ काठमाडौं । नेपालका बैंक र विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेर भागेका एक व्यक्ति पोर्चुगलमा पक्राउ परेका छन् ।

ठगेर पोर्चुगल पुगेका काभ्रेको भुम्लु गाउँपालिकाका केदार ढुंगानालाई अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेर आज नेपाल ल्याइएको हो ।
उनलाई पक्राउ गर्न केन्द्रीय अनसन्धान व्युरो (सीआईबी)का डीएसपी निशान्त श्रीवास्तवसहितको टोली पोर्चुगल पुगेको थियो ।

ढुङ्गानाको नेतृत्वमा तत्कालीन इनडिइपी डेभलपमेन्ट बैंकबाट २ करोड ७१ लाख र विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरिएको सिआइबीले जनाएको छ ।

बैंक ठगी प्रकरणमा २०७५ सालमा काभ्रेका नारायण श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, काठमाडौँका नरेशमान सिंह, सरिनशंकर श्रेष्ठलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । सरिन शंकर बैंकका ब्रान्च म्यानेजर र नरेशमान सिंह भ्यालुएटर थिए ।

सवारी साधनको नक्कली ब्लुबुक बनाएर बैंकमा राखि मिलेमतोमा रकम ठगि गरिएको थियो । ठगी प्रकरणका मुख्य योजनाकार ढुङ्गाना पोर्चुगल पुगेर व्यवसाय गरी बसेको सूचना पाएपछि प्रहरीले इन्टरपोलको सहयोग लिएको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि भोलि ललितपुर जिल्ला अदालतमा पेश गरिने सीआइबीले जनाएको छ । उनलाई जिल्ला अदालतले १० वटा मुद्दामा १० वर्ष कैद सजाय तोकिसकेको छ । केही मुद्दा अझै विचाराधिन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *