कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, २६२४ जना संक्रमित थपिए

३० साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । २६ सय २४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ६७ पीसीआरबाट १९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परीक्षणबाट ६७७ गरी कुल २६२४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४०५ पुगेका छन् । काठमाडौँ उपत्यकामा पछिल्लो ७ सय ९५ जना संक्रमित थपिएका छन् ।
थपिएकामध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी ५३५ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ९६ र ललितपुरमा १६४ संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा अहिले ११ हजार ८८८ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमा काठमाडौँ जिल्लामा ८ हजार ५७९, भक्तपुर जिल्लामा १३९१ र ललितपुर जिल्लामा १९१८ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३२० जना संक्रमण मुक्त भएका छन् ।
अहिले नेपालमा ७६० जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेकामध्ये १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।
प्रतिक्रिया