Main News

कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन र अस्पताल सूचीकृत गर्न निर्देशन

हिमालय टिभी
२०७८ साउन २९ गते १८:३०
कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन र अस्पताल सूचीकृत गर्न निर्देशन

२९ साउन २०७८ काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई जिम्मेवारी दिन निर्देशन दिएको छ।

गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नु आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको हो ।

सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने छ ।

यस्तै सूचीकृत अस्पतालहरुमा संक्रमितहरुको तथ्यांकरविवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले भनेको छ ।

मासिक अद्यावधिक विवरण यकिन गरी सो अनुसार निःशुल्क उपचार भएका संक्रमितहरुको विवरण सम्बन्धित अस्पतालहरुलाई सोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

मन्त्रालयले सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *