Main News

बालबालिकालाई लगाउन मोडेर्नाको ४० लाख डोज खोप ल्याउने सम्झौता

हिमालय टिभी
२०७८ साउन २९ गते १७:१४
बालबालिकालाई लगाउन मोडेर्नाको ४० लाख डोज खोप ल्याउने सम्झौता

२९ साउन २०७८ काठमाडौं । सरकारले बालबालिकालाई लगाउन मिल्ने मोडेर्ना कम्पनीको ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ ।

१२ देखि १७ वर्षको उमेरलाई लगाउन मिल्ने यो खोप ७ महिना अर्थात सन २०२२ को मार्चसम्म नेपाल आइपुग्नेछ ।

विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खोप खरिदका लागि विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको हो ।

यससँगै नेपाल कोभ्याक्ससँग लागतसाझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको छ ।

नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोग समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको बताएका छन् ।

कोरोना महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १ सय ४ मिलियन डलर उपलब्ध गराएको छ । जसमध्ये ६७ दशमलव ५ मिलियन खोप खरिदमा खर्च हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *