Main News

खोप केन्द्रसम्म पुग्न नसक्नेलाई घरमै गएर खोप लगाउन सर्वोच्च अदालतको आदेश

हिमालय टिभी
२०७८ साउन २९ गते १७:०८
खोप केन्द्रसम्म पुग्न नसक्नेलाई घरमै गएर खोप लगाउन सर्वोच्च अदालतको आदेश

२९ साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले कोरोनाविरुद्धको खोप लगाउन केन्द्रसम्म पुग्न नसक्नेलाई घरमै गएर खोप लगाउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धा र अपांगता भएका नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन आदेश दिएको हो ।

असमर्थ जेष्ठ नागरिक, विस्तरामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्नेलाई घरमा पुगेर खोप सेवा दिन अदालतको आदेश छ ।

त्यस्ता व्यक्तिको वडा–वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गर्न पनि अदालतले सरकारलाई भनेको छ ।

लोक कल्याणकारी राज्यको हैसियतले संविधानको धारा ३५ को उपधारा ३ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनेर मौलिक हक सुरक्षित गरेको पनि आदेशमा उल्लेख छ ।

अधिवक्ता प्रवेश केसीले खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकलाई घरमै गएर कोरोनाविरुद्धको खोप लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *