Main News
ओली निकट सांसद पालले भनिन्–एमसीसी राष्ट्रघाती छ खारेज गरौं (भिडियो रिपोर्टसहित)
२०७८ साउन २९ गते १५:१३
२९ साउन २०७८ काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट सांसद निरुदेवी पालले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्टघाती भन्दै खारेज गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै एमाले सांसद पालले एमसीसी नेपालको हित विपरित भएकोले खारेज गर्न माग गर्नुभयो ।
एमसीसी पारित गर्न राष्ट्रिय सहमति खोजिएको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयो ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पारित गर्नुपर्ने भन्दै यसबारे सरकारको धारणा मागिरहेका बेला एमालेकै सांसदले विरोध गर्नुभएको हो ।
प्रतिक्रिया