Main News

एमालेले सोध्यो लुम्बिनी प्रदेशसभा सदस्य शाहीसँग स्पष्टिकरण

हिमालय टिभी
२०७८ साउन २९ गते १३:३१
एमालेले सोध्यो लुम्बिनी प्रदेशसभा सदस्य शाहीसँग स्पष्टिकरण

२९ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशको नयाँ सरकारमा सामेल भएपछि नेकपा एमालेले सूर्य चिह्नबाट निर्वाचित प्रदेश सभा सदस्य अजय शाहीलाई स्पष्टीकरण सोधेको छ ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही चार दलीय गठबन्धनमा सामेल हुँदै विना विभागीय मन्त्री नियुक्त भएपछि एमालेले कारवाही थालेको हो ।

शाहीले एमालेको साथ छाडेपछि एमाले संसदीय दलले तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टिकरण दिन भनेको छ ।

संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सोधेको स्पष्टिकरण पत्रमा शाहीले असार ३० गते बजेट पारित गर्ने दिन प्रदेश सभामा अनुपस्थित भई पार्टीको ह्वीप उल्लंघन गरेको र साउन २७ गते प्रदेश सभा बहिस्कार गर्ने पार्टी निर्णय विपरीत बैठकमा उपस्थित भएको उल्लेख छ ।

तीन दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही प्रकृया अघि बढाइने एमालेले जनाएको छ । शाहीले भने आफू सूर्य चिन्हबाट चुनाव जिते पनि स्वतन्त्र सांसद भएको बताउँदै आउनुभएको छ ।

एमालेले शाहीसँगै तत्कालीन नेकपाबाट चुनाव जितेकी विमलाकुमारी खत्रीविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाएको एमाले सचेतक ढकालले जानकारी दिनुभयो ।

खत्रीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टिकरण यसअघि नै बुझाएको तर चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रिया अघि बढाएको ढकालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *