Main News

रिहाइको मागसहित पूर्वमन्त्री आलमले दिएको निवेदनमा आज सर्वोच्चमा सुनुवाइ हुन सकेन

हिमालय टिभी
२०७८ साउन २९ गते १३:२१
रिहाइको मागसहित पूर्वमन्त्री आलमले दिएको निवेदनमा आज सर्वोच्चमा सुनुवाइ हुन सकेन

२९ साउन २०७८ काठमाडौं । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा आज सुनुवाइ नहुने भएको छ ।

आलमको निवेदन न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा परेको थियो । तर आज रिट हेर्न नमिल्नेमा परेको छ । २०६४ चैत २७ गते रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको अभियोगमा आलम पूर्पक्षका लागि थुनामा छन् ।

आलमका थुनामा राख्ने जिल्ला अदालत रौटहटको आदेश उच्च अदालतले पनि सदर गरेको थियो । त्यसविरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता आलमको मुद्दामा आज सुनुवाई नहुने भएको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनवाईका लागि तोकिएको सो मुद्दा पेसीको पहिलो नम्बरमै राखिएको थियो ।

तर आज हेर्न नभ्याइनेमा परेको छ । यसअघि पटक पटक मुद्दा सुनवाईमा चढेको थियो । अदालतले कैफियत प्रतिवेदन माग्ने बाहेक अरु आदेश भएको थिएन ।

२०६४ सालको चुनाव जित्न आलमले भारतबाट पेशेवर गुण्डा नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घटना भएको थियो ।

विष्फोटमा घाइते र जीवित मजदूरलाई इट्टा भट्टामा जीउँदै जलाएर हत्या गरेको अभियोग छ । मृतकका परिवारको जोहरीपछि तत्कालीन केपी ओली सरकारको पालामा आलमविरुद्धको मुद्दा अघि बढेको थियो ।

साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । सांसदबाट निलम्बित आलम जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्चमा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *