Main News

आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७८ साउन २९ गते ७:२३
आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

२९ साउन २०७८ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षाको सम्भावना रहेको जनाएको छ।

केही स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिजोदेखि जारी वर्षा केही दिन कायम रहने भएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *