Main News

१६ हजार खोप केन्द्र विस्तार गर्ने सरकारको तयारी

हिमालय टिभी
२०७८ साउन २८ गते ८:५१
१६ हजार खोप केन्द्र विस्तार गर्ने सरकारको तयारी

२८ साउन २०७८ काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पु-याउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप केन्द्र १६ हजार पु-याउने सरकारको योजना रहेको बताउनुभएको हो ।

खोप केन्द्र अव्यवस्थित बनेको भन्दै जनगुनासो बढेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सोमबार काठमाडौंस्थित शिक्षण अस्पताल, चपलीहाइट लगायतका खोप केन्द्रको अनुगमन गर्नुभएको हो ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोपको आपूर्ति बढाएर आगामी चैत मसान्तभत्रि सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता दोहो-याउनुभएको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले ४ हजार ४ सय २२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना रहेको ट्वीटमा उल्लेख गर्नुभएको छ ।

सरकारले खोप वितरणमा ध्यान नदिएको भन्दै चिकित्सक र जनस्वास्थ्य विदहरुले सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *