Main News

राष्ट्रियसभामा पूर्वप्रधानमन्त्री ओलीमाथि लाग्यो भ्रष्टाचारका यस्ता आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २७ गते १८:५८
राष्ट्रियसभामा पूर्वप्रधानमन्त्री ओलीमाथि लाग्यो भ्रष्टाचारका यस्ता आरोप (भिडियो रिपोर्टसहित)

२७ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व पर्यटनमन्त्री जीतेन्द्र नारायण देवले तत्कालीन ओली सरकारलाई व्यवसायिक समूह यति होल्डिङ्सले किनेर चलाएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद देवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउनुभएको हो । देशको हित चाहने हो भने यसमा पुनर्विचार गर्न एमालेका नेताहरुलाई देवले आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पनि एमाले अध्यक्ष ओलीमाथि चर्को आक्रमण गर्नुभयो । ओलीले आफूलाई राष्ट्रवादी दावी गरिरहँदा बिडारीले भारतसित मिलेको गम्भीर आशंका गर्नुभयो ।

नेकपा एमालेकी सांसद कोमल वलीले तत्कालीन माओवादी लडाकू शिविरमा भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *