Main News
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित
२०७८ साउन २७ गते १७:१३

२७ साउन २०७८ बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित गरिएको छ ।
मुख्यमन्त्रीको राजीनामाबारे प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएपछि विशेष अधिवेशन स्थगित गरिएको हो ।
त्यसअघि संचारमाध्यममा राजीनामाबारे खबर आए पनि औपचारिक जानकारी नभएको भन्दै दिउँसो प्रदेशसभा बैठक शुरु भएको थियो । अविश्वास प्रस्ताव पनि पेश गरेर एक घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।
दोस्रो बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाउनुभयो । त्यसलगत्तै अधिवेशन स्थगित गरिएको थियो ।
प्रतिक्रिया