Main News

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीबीच आलोपालो गर्ने सहमति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २७ गते १७:१०
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीबीच आलोपालो गर्ने सहमति (भिडियो रिपोर्टसहित)

२७ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ।

कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले जानकारी दिनुभयो । आगामी फागुन २ गतेसम्म माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले नेतृत्व गर्नुहुनेछ ।

सरकार गठन गरेको केही दिनमै विश्वासको मत लिने पनि गठबन्धनको तयारी छ । गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ सरकार गठन भएपछि मन्त्रीको नियुक्ति र विश्वासको मत लिएर नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

नयाँ सरकारमा शुरुमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १–१ जना मन्त्री हुनेछन ।गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *