Main News

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

हिमालय टिभी
२०७८ साउन २७ गते १५:२०
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

२७ साउन २०७८ काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ ।

सरकारले हटाउने तयारी गर्दै स्पष्टिकरण सोधेपछि भट्टराईले राजीनामा दिनुभएको हो । उहाँले सरकारले सोधेको स्पष्टिकरणको जवाफ पनि दिनुभएको थिएन ।

राजीनामा पत्रमा भट्टराईले अहिलेको सरकार विकास विरोधी र जनविरोधी भएको भन्दै यस्तो सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने उल्लेख गर्नुभएको छ ।

उहाँलाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले महाप्रबन्धकमा नियुक्त गरेको थियो । सामाजिक संजालमा छुद्र टिप्पणी गर्ने भट्टराईको नियुक्तिलाई लिएर त्यतिबेलै एमालेभित्रै पनि चर्को असन्तुष्टि देखिएको थियो ।

भट्टराईले शुशील कोइराला नेतृत्वको सरकारकै पालामा तयार भएको जकपुरजयनगर रेल सेवा पनि संचालन गर्न नसकेर पद छाड्नुभएको छ । रेल चलाउन डिब्बा खरिद गरिए पनि लामो समयदेखि त्रिपाल ओढाएर राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *