Main News

पुनर्नियुक्त भएर आएका कार्यकारी निर्देशक घिसिङको प्राधिकरणमा भव्य स्वागत

हिमालय टिभी
२०७८ साउन २७ गते १४:४०
पुनर्नियुक्त भएर आएका कार्यकारी निर्देशक घिसिङको प्राधिकरणमा भव्य स्वागत

२७ साउन २०७८ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गर्नुभएको छ । करिब ११ महिनापछि घिसिङ फेरि प्राधिकरणमा फर्किनुभएको हो ।

अस्ति सरकारले नियुक्त गरेपछि आज उर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि उहाँले पदबहाली गर्नुभयो । घिसिङलाई प्राधिकरणमा कर्मचारीले स्वागत गरे ।

२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङले लोडसेडिङ अन्त्य गरी वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लग्नुभएको थियो ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गर्नुभएको थियो ।

२०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो ।

र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो । विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाउनुभएको थियो ।

२६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झार्नुभएको थियो । हितेन्द्र देव शाक्यलाई उर्जा आयोगमा लगेर सरकारले घिसिङलाई जिम्मा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *