भोलिदेखि पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान

२७ साउन २०७८ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ ।
मनसुनी न्यूनचापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले भोलिदेखि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
भोलि दिउँसो प्रदेश१, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षा हुँदा देशका अधिकाँश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
पानी पर्ने क्रम बढेसँगै बाढी, पहिरो र डुबानको जोखिम पनि बढ्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
प्रतिक्रिया