लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेयद्वारा राजीनामा
२७ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिनुभएको छ ।
पार्टी नीतिविपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्री पाण्डेयले हिजो पदबाट राजीनामा दिनुभएको हो ।
गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसकाविरुद्ध तीनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
अदालतको निर्णयसँगै पाण्डेयले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको हो । अदालतबाट अन्तरिम आदेश नआएपछि आफूले नैतिकताको आधार राजीनामा दिएको पाण्डेयले बताउनु भएको छ ।
जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै हुनुहुन्छ । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
लुम्बिनी प्रदेशमा जसपा ६ जना सांसदहरु रहेका थिए । पार्टीले कारवाही गरेपछि अब संसदमा जम्मा तीन जना सांसद मात्र छन् । ती सवै पोखरेल सरकारविरुद्धको गठबन्धन दलतिर लागेका छन् ।
प्रतिक्रिया