पासपोर्ट वितरण प्रणाली अस्तव्यस्त सेवाग्राहीलाई समस्या (भिडियो रिपोर्टसहित)

२६ साउन २०७८ काठमाडौं । विदेश यात्रा गर्न राहदानी अर्थात पासपोर्ट अनिवार्य छ । त्यसैले राहदानी विभागमा राहदानी लिनेको भिड लागेको छ । तर वितरण अव्यवस्थित हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
मंगलबार बिहानैदेखि राहदानी विभाग काठमाडौंमा राहदानी लिनेको भिड छ । विज्ञले कोरोनाको तेस्रो लहर आउने चेतावनी दिइसकेका छन, सरकारले पनि त्यसै भनिरहेको छ तर यहाँ राहदानी लिन ठेलमठेल गर्नु पर्ने अवस्था छ ।
भिडभाड उत्तिकै हुँदा सेवाग्राहीले घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । जानकारी लिन सोधपुछ कक्षसमेत नहुँदा सेवाग्राही अलमलमा पर्छन् ।
राहदानी वितरण प्रणाली व्यवस्थित नहुँदा राहदानी नै नपाउने पो हो कि भन्ने चिन्ता पनि उस्तै छ ।
देशभरीका हजारौं युवा राहदानी लिन विभाग पुग्छन । तर विभागको काम चुस्त नहुँदा सबै समस्या छ । राहदानी वितरण व्यवस्थित बनाउन र यस्तो विषम परिस्थितिमा काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सरकारसँग उनीहरुको माग छ ।
प्रतिक्रिया