राजनीति

अब ओलीसँग सम्बन्ध विच्छेदकै अवस्थामा पुगेको हो नेपाल–खनाल पक्ष ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २६ गते २०:४६
अब ओलीसँग सम्बन्ध विच्छेदकै अवस्थामा पुगेको हो नेपाल–खनाल पक्ष ? (भिडियो रिपोर्टसहित)

२६ साउन २०७८ काठमाडौं । संस्थापन पक्ष एकलौटी रुपमा अघि बढेपछि नेकपा एमालेको नेपाल–खनाल समूह पनि अब सँगै अघि बढ्न नसकिने मनस्थितिमा पुगेको छ । नेपाल–खनाल समूहले अब समानान्तर गतिविधि तिब्र पारेर नयाँ पार्टी बनाउने तयारी गरेको छ ।

नेकपा एमालेका संस्थापन पक्षले सोमबार पार्टीको सांगठानिक जीवनमा निकै महत्वपूर्ण अर्थ राख्ने निर्णय गर्‍यो । अध्यक्षलाई शक्तिशाली बनाउने देखि संगठनात्मक संरचनामा फेरबदल हुने गरी भएका निर्णय हुँदा नेपाल–खनाल पक्षको उपस्थिति थिएन ।

बैठक रोकौं सहमति गरौं भन्ने नेपाल–खनाल समूहको प्रस्ताव अस्वीकार गर्दै संस्थापन पक्षले निर्णय गर्‍यो । किनकी अब उ एकताको नाममा रोकिने पक्षमा छैन । त्यसैले अघि बढ्ने गरी निर्णय भएको संस्थापन पक्षका स्थायी समिति सदस्य रघुवीर महासेठ बताउनुहुन्छ ।

संस्थापन पक्षको यो निर्णयले नेपाल–खनाल पक्ष पनि अब सँगै जान सकिन्न भन्नेमा पुगेको छ । किनकी संस्थापन पक्षको बैठकका निर्णय हेरेर आगामी योजना बनाउने पर्खाईमा रहेको नेपाल–खनाल समूह अब समानान्तर गतिविधि तीब्र पार्ने र नयाँ पार्टी बनाउने गरी अघि बढ्ने काममा सक्रियता पूर्वक लाग्ने तयारीमा छ ।

अहिलेको अवस्था आउनुमा अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार रहेको भन्दै नेपाल–खनाल पक्षले ओली पक्षीय केही नेतामाथि दबाब बनाउने कोशिस पनि गरेको छ । किनकी हुन लागेको सहमतिबाट पछि हटेको र आफैमा शक्ति केन्द्रीत गर्न खोजेकोले अब ओली पक्षमा लागेको नेताहरुले बुझ्ने पर्ने नेपाल खनाल पक्षको तर्क छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल ओलीसँग बस्ने पक्षमा हुनुहुन्न । संस्थापन पक्षको पछिल्लो निर्णयले त्यसमा थप सहयोगी भूमिका खेलेको देखिन्छ । अब नेपाल खनाल समूहलाई ओलीसँग मिलेर जान धेरै अप्ठ्यारो र असहज हुने राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईंको बताउनुहुन्छ ।

एमालेमा जे भैरहेको छ, त्यसले एकता भन्दा फूटतिरै धकेलेको छ र ढिलो वा चाँडोको कुरा मात्रै हो, ओली र नेपाल–खनाल समूह अलग बाटो नै हिंड्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्