राजनीति

जसपाको ठाकुर–महतो समूह छुट्टै पार्टी बनाउन सक्रिय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २५ गते १४:२४
जसपाको ठाकुर–महतो समूह छुट्टै पार्टी बनाउन सक्रिय (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई जनता समाजवादी पार्टी (जसपा)को आधारिकता दिएपछि पार्टीमा कमजोर देखिएका महन्थ ठाकुर र राजेन्द्र महतो नयाँ पार्टी सञ्चालनको तयारीमा जुट्नु भएको छ ।

आधिकारिकताविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधिन रहे पनि दुई नेता मधेश केन्द्रीत पार्टी सञ्चालनको तयारीमा लाग्नु भएको हो ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि महन्थ ठाकुर र राजेन्द्र महतो अप्ठ्यारोमा पर्नुभयो । निर्णय मानेर यादवसँगै मानेर बस्ने कि नयाँ पार्टी चलाउने मात्रै बिकल्प उहाँहरुसँग बाँकी थियो र छ । तर ठाकुर र महतो अब यादवसँग होइन, छुट्टैपार्टी बनाउने काममा लाग्नुभएको छ ।

नेता महतोका अनुसार पार्टी अलग्गै भैसक्यो नाम मात्रै के राख्ने भन्ने हो । त्यही सन्देश दिन र आप्नो समूह बलियो बनाउन अहिले ठाकुर र महतो मधेश दौडाहामा हुनुहुन्छ । पर्सादेखि सप्तरीसम्म अगुवा कार्यकर्ता भेला गरेर नयाँ रणनीति बनाउने काम भैरहेको छ ।

ब्यानरमै पनि अलग अस्तित्व देखाएर अब बाटो अलग हो भन्ने प्रष्ट संकेत कार्यकर्तालाई दिइएको छ ।

सर्वोच्च अदालतको फैसला कुरिरहेका ठाकुर र महतो फैसलापछि पार्टी निर्माण प्रक्रियालाई तीब्र पार्ने तयारीमा हुनुहुन्छ ।

शुक्रबार सप्तरी, महोतरी, बारा र सिरहा, शनिबार धनुषा तथा आइतबार सर्लाही सहितका जिल्लामा यो समूहले भेला गर्यो । र, संगठन बलियो बनाउन उसले अध्यक्ष उपेन्द्र यादवलाई निशाना बनाएको छ ।

यसको जवाफ आधिकारिक जसपाको नेतृत्व गरिरहेका अध्यक्ष उपेन्द्र यादवले कसरी दिनुहुन्छ, त्यो हेर्न बाँकी छ । तर गतिविधि भैरहेका छन र अभिव्यक्ति जे आईरहेका छन,त्यसले ठाकुर–यादव पुर्नमिलन असम्भव छ । यस्ले तराई मधेशमा फेरि दुई वटा शक्ति मधेशवादी राजनीतिक दलका रुपमा अगाडि बढने प्रष्ट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्