Main News

आज देशभर हल्कादेखि मध्यम वर्षा हुने

हिमालय टिभी
२०७८ साउन २५ गते ८:५९
आज देशभर हल्कादेखि मध्यम वर्षा हुने

२५ साउन २०७८ काठमाडौं । आज देशभर हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ ।

मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेकोमा केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आजराति पनि सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यसैबीच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *