Main News

सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगेको भन्दै पौडेलद्वारा देउवाको आलोचना

हिमालय टिभी
२०७८ साउन २५ गते ८:१६
सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगेको भन्दै पौडेलद्वारा देउवाको आलोचना

२५ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको भन्दै सांकेतिक रुपमा सभापति शेरबहादुर देउवाको कडा आलोचना गर्नुभएको छ ।

पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्६ाटस लेख्दै नेता पौडेलले नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको टिप्पणी समेत गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? भन्दै यो देशकै विडम्बना भएको उल्लेख गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको आरोपसमेत लगाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *