Main News

बजेट वक्तव्यमा समावेश कार्यक्रममा बजेट नहुँदा काम गर्न समस्याः सचिव सिंह

हिमालय टिभी
२०७८ साउन २४ गते १९:२२
बजेट वक्तव्यमा समावेश कार्यक्रममा बजेट नहुँदा काम गर्न समस्याः सचिव सिंह

२४ साउन २०७८ काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट नछुट्याएका कारण काम गर्न समस्या भएको गुनासो गर्नुभएको छ ।

विकास तथा प्रविधि समितिको बैठकमा उहाँले बजेट बक्तव्यमा समावेश गरिएका देशभरका विभिन्न कार्यक्रमको उदाहरण दिँदै ती कार्यक्रममा बजेटको व्यवस्था नै नभएको बताउनुभयो ।

काठमाडौं उपत्यकामा धेरै आयोजना घोषणा गरिए पनि बजेट सुनिश्चित नहुँदा काम अगाडि बढाउन नसकिएको उहाँले स्पष्ट पार्नु भयो ।

विकास तथा प्रविधि समितिले भने उपत्यकामा बनिरहेका सहायक मार्गहरुले मुख्य सडकको भार कम गर्ने र सहरको शौैन्दर्यमा समेत योगदान गर्न सक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयलाई सम्बन्धित पक्षसँग मिलेर छिटो काम सक्न निर्देशन दिएको छ ।

समितिले उपत्यकाको सवारी चाप व्यवस्थापन र बस्ती विस्तारमा समेत बाहिरी चक्रपथ महत्वपूर्ण हुने भएकाले यो आयोजनामा बजेट सुनिश्चित गरी काम अगाडि बढाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *