Main News

चीनसँग पनि सीमा विवाद रहेको सरकारको संकेत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २४ गते १९:०९
चीनसँग पनि सीमा विवाद रहेको सरकारको संकेत (भिडियो रिपोर्टसहित)

२४ साउन २०७८ काठमाडौं । अघिल्लो सरकारले चीनसँग सीमा विवाद छैन भनेर बारम्बार भनेपनि वर्तमान सरकारले चीनसँग पनि सीमा समस्या रहेको बताएको छ ।

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै भारत र चीन दुवैसित सीमा समस्या रहेको बताइएको छ । साझा कार्यक्रममा भारत र चीन भनेर प्रष्ट उल्लेख नगरी छिमेकीहरुसित सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने उल्लेख छ ।

ओली सरकार हुँदा गतवर्ष असार ११ गते परराष्ट्रमन्त्रालयले विज्ञप्ति निकालेर चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो । मन्त्रालयले चीनसँग सन् १९६१ मा नै समस्या समाधान भएको बताएको थियो । तर नयाँ सरकारले दुवै छिमेकीसित सीमा समस्या रहेको बताएको छ ।

भारतले नेपाली भूमि हडपेपनि सरकारको साझा कार्यक्रममा लिम्पियाधुरा र कालापानीमा समस्या रहेको उल्लेख गरिएको छ । तर भारत भनेर लेखिएको छ । यसले सरकार भारतले सीमा मिचेको भनेर बोल्न हिचकिचाएको पनि विश्लेषण गर्न थालिएको छ ।

यो विषयमा भारत सरकारले नक्सा जारी गरेपछि कुराकानी गर्न मानिरहेको छैन । यसै सन्दर्भमा गठबन्धन सरकारले यो विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने योजना अघि सारेको हो ।

सरकारले राष्ट्रिय हित प्रतिकूल रहेका सबै सन्धि सम्झौता पुनरावलोकन गर्ने भएको छ ।

सरकारले अघिल्लो सरकारको पालामा कोरोना खोप खरिद गर्दा भएको भनिएको अनियमितताबारे छानवीन गर्ने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *