राहत र क्षतिपूर्तिका लागि सिन्धुपाल्चोकका बाढीपहिरो पीडितले गराए प्रचण्डको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)
२४ साउन २०७८ काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपहिरो पीडितले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राहत तथा क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराएका छन्।
सिन्धुपाल्चोकका सर्वदलीय प्रतिनिधि सम्मिलित प्रतिनिधि मण्डलले सत्तारुढ गठबन्धनका नेतासमेत रहेका प्रचण्डलाई भेटी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका हुन् ।
जवाफमा प्रचण्डले बाढीपहिरो पीडितका समस्या समाधान गर्न आफू र पार्टीको तर्फबाट तत्परता र गम्भीरताका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो । मेलम्ची र हेलम्बुका बाढीपीडितको राहतका लागि सरकारलाई घच्घच्याउने उहाँको भनाइ थियो ।
देशमा बढेको प्राकृतिक प्रकोपहरूको सम्बन्ध विश्वव्यापी रूपमा विकासको मोडलमा खोज्नुपर्ने उहाँको भनाइ थियो ।
प्रचण्डले हिजो मनाङ पुगेर बाढी पहिरोबाट भएको क्षतिको अवलोकलन गर्नु भएको थियो ।
प्रतिक्रिया