Main News

मेलम्ची बाढीपीडितका लागि सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २३ गते १६:३५
मेलम्ची बाढीपीडितका लागि सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको माग (भिडियो रिपोर्टसहित)

२३ साउन २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताले बाढीबाट विस्थापित भएकालाई तत्काल सुरक्षित बाससहित राहतको व्यवस्था गर्न माग गर्नुभएको हो ।

बाढीले बगाएका पुल, सडक, विद्युत, खानेपानी लगायतका पूर्वाधार पुनर्निर्माण गर्न पनि सरकारलाई आग्रह गरेको अध्यक्ष राणाले जानकारी दिनुभयो ।

राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *