Main News

पिपुल्स भोलेन्टियर्सद्वारा त्रिवि शिक्षण अस्पताल क्षेत्रमा सरसफाई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २३ गते १६:०६
पिपुल्स भोलेन्टियर्सद्वारा त्रिवि शिक्षण अस्पताल क्षेत्रमा सरसफाई (भिडियो रिपोर्टसहित)

२३ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूह निकट पिपुल्स भोलेन्टियर्सले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा आज सरसफाई गरेको छ ।

‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियानअन्तर्गत पिपुल्स भोलेन्टियर्सले आज अस्पताल परिसरमा सफाई गरेको हो । शुरुमा स्वास्थ्य र शिक्षण संस्थामा सफाई अभियान चलाउने र पछि सातै प्रदेशमा स्वयंसेवी काम गर्ने संगठनले जनाएको छ ।

अभियानमा असंगठित अवस्थामा रहेका युवालाई पनि स्वयमसेवका रुपमा परिचालन गरिने भोलेन्टियर्सले जनाएको छ ।

एमालेको संस्थापन पक्षले युथ फोर्स ब्यूँताएपछि समानान्तर गतिविधि गर्दै आएको नेपालखनाल पक्षले पनि पिपुल्स भोलेन्टियर्स गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *